Modern technology gives us many things.

वीरगञ्ज महानगर अपडेट : मेयरमा गठबन्धनका उम्मेदवार राजेशमान सिंहको अग्रता कायमै

वीरगञ्ज, १ जेठ ।  वीरगञ्ज महानगरपालिका ४ वटा वडाको हालसम्मको मत परिणामअनुसार जसपा १ हजार ३ सय ६६ मतले अगाडी छ ।

पाँच दलीय गठबन्धनबाट मेयरका साझा उम्मेदवार राजेशमान सिंहले २ हजार २ सय ८२ मत ल्याउँदा नेकपा एमालेका उम्मेदवार बिजय कुमार सरावगीले ९ सय १६ मत ल्याएका छन् ।

सिंहले वडा नम्बर १, २, ३१ र ३२ मा क्रमश ३ सय ५२, ५ सय ६३, ७ सय ५७ र ७ सय १० मत ल्याएका छन् ।

एमाले र लोसपाको गठबन्धनका उम्मेदवार सरावगीले वडा नम्बर १ मा १ सय ७१, २ मा १ सय ५०, ३१ म २ सय ३८ र ३२ मा ३ सय ५७ मत प्राप्त गरेका छन् ।

Leave A Reply

Your email address will not be published.