Modern technology gives us many things.

बुद्ध जयन्तीको अवसर पारेर भिस्वा डाँडामा सरसफाई

वीरगञ्ज, १ जेठ । बुद्ध जयन्तीको पूर्व सन्ध्यामा वीरगञ्जको भिस्वा डाँडामा सरसफाई गरिएको छ ।

गौतम बुद्धको २५६६ औँ जन्मजयन्ती मनाउनका लागि भिस्वा डाँडामा रहेको बुद्धका मुर्ती सँगै डाँडा परिसरमा सरसफाई गरिएको हो । बौद्ध जयन्ती समारोह समिति, वीरगञ्ज बौद्ध समितिसँगै वीरगञ्ज पब्लिक कलेजका विद्यार्थीहरुले भिस्वा डाँडामा सरसफाई गरेका हुन् ।

बौद्ध जयन्ती समारोह समिति र वीरगञ्ज बौद्ध समितिले बुद्ध जयन्तीको अवसरमा शोभा यात्रा एवम् बुद्ध पुजासँगै दिप प्रज्वलन कार्यक्रमको आयोजना गरेको छ । भोली मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतको प्रमुख आतिथ्यतामा बुद्ध जयन्ती मनाइने प्राध्यापक डा। दीपक शाक्यले बताए ।

भिस्वा डाँडा आफैमा ऐतिहासिक स्थल भएपनि संरक्षण र संवद्र्धनको अभावमा ओझेलमा परेको हुँदा अबको निर्वाचनपछि आउने जनप्रतिनीधिलाई संरक्षण तथा मर्मत सम्भारका लागि ध्यानाकर्षण गराउनका लागि दबाब दिन पनि कार्यक्रमको आयोजना गरिएको डा। शाक्यको भनाई छ ।

प्राध्यापक हरी वैद्य, नेवा द ः दबु वीरगञ्जका अध्यक्ष तारामान पति, रुपेश मानन्धर, गणेश लामासहित वीरगञ्ज पब्लिक कलेजका विद्यार्थीहरु सरसफाईमा सरिक थिए ।

Leave A Reply

Your email address will not be published.