Modern technology gives us many things.

स्थानीय तह निर्वाचन : पर्सामा शान्तिपुर्ण रुपमा मतदान हुदै

वीरगञ्ज,३० वैशाख । स्थानीय तह निर्वाचनका क्रममा देशका केही ठाउहरुमा मतदान स्थलमा अवरोध भएपनि पर्सामा भने शान्तिपुर्ण रुपमा मतदान भईरहेको छ ।

पर्सामा प्रशासनले अपनाएको सुरक्षा रणनिती तथा दलका प्रतिनिधिहरुको सहयोगका कारण पर्सामा यो समाचार तयार पार्दा सम्म पर्साको महानगर सहित १४ औ स्थानीय तहहरुमा शान्तिपुर्ण रुपमा मतदान भईरहेको पर्साका प्रहरी उपरिक्षक रमेश कुमार बस्नेतले जानकारी दिनु भयो ।

वीरगञ्जमा चर्को रुपमा घाम लागेपनि घामको कुनै परवाह नगरी मतदाताहरु आफनो उम्मेदवार छनौट गर्न निर्धक्क भएर लाईनमा लागेर शान्तिपुर्ण तरिकाले मतदान प्रक्रियामा सहभागी भएका छन ।

पर्सामा प्रशासनले पनि भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउन व्यापक मात्रामा सुरक्षाकर्मी परिचालन गरेको छ ।

Leave A Reply

Your email address will not be published.