Modern technology gives us many things.

वीरगञ्ज महानगर : मुख्यमन्त्री, संघिय सांसद तथा मेयरका उम्मेदवारहरुले गरे मतदान

वीरगञ्ज, ३० वैशाख । मधेश प्रदेशको एक मात्र महानगरपालिका, पर्साको वीरगञ्ज महानगरपालिकामा मुख्य मन्त्री देखी मेयरका उम्मेदवारहरुले मतदान गरेका छन् ।

मधेस प्रदेशका मुख्य मन्त्री लाल बाबु राउत गद्दीले वीरगञ्ज महानगरपालिका वडा नं।–१३ मा रहेको खाद्य संस्थान लिमिटेड स्थित मतदानस्थलमा मतदान गर्नुभएको छ ।

यसैगरी मधेस प्रदेशकै खानेपानी तथा उर्जा मन्त्री ओम प्रकाश शर्मा महागरको वडा नं। १० मा रहेको बाल मन्दिरमा रहेको मतदानस्थलमा मतदान गर्नुभएको छ ।

यसैगरी निबर्तमान् मेयर एवंम् यस पटक नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी ९ लोसपा ० संयुक्त गठबन्धनबाट उम्मेदवार बन्नुभएका बिजय कुमार सरावगीले वीरगञ्ज महानगरपालिका वडा नं – १३ मा रहेको खाद्य संस्थान लिमिटेड स्थित मतदानस्थलमा मतदान गर्नुभएको छ ।

यसैगरी सत्ता गठनवन्धक नेपाली कांग्रेस, राष्ट्यि जनता पार्टी ९राजपा ०, माओवादी केन्द्र तथा नेकपा समाजवादी –९ एस ० को तर्फबाट संयुक्त उम्मेदवार बन्नुभएको राजेशमान सिंहले वीरगञ्ज महानगरपालिका वडा नं – ३ मा मालपोतमा रहेको मतदान केन्द्र बाट मतदान गर्नुभयो ।

भने राप्रपाको तर्फबाट उम्मेदवार बन्नुभएका गिरिस गिरीले वीरगञ्ज महानगरपालिका– ९ स्थित नेपाल रेल्वे माध्यमिक विद्यालयमा मतदान गर्नुभयो ।

Leave A Reply

Your email address will not be published.