Modern technology gives us many things.

मतदानपछि राजेशमान सिंहले भने : जनताले मेरो मूल्यांकन गर्नेछन्

वीरगञ्ज, ३० वैशाख । वीरगञ्ज नगरपालिकाका मेयरका उम्मेदवार राजेशमान सिंहले मेयरको रुपमा जनताले आफूलाई जिताउनेमा ढुक्क रहेको बताएका छन् ।

गठबन्धनबाट मेयरका उम्मेदवार सिंहले मतदानपछि संक्षिप्त प्रतिक्रिया दिंदै महानगरको मुहार फेर्ने अठोट लिएको साथै नगरपालिकाको सबै क्षेत्रमा उत्कृष्ट काम गर्ने दावी गर्दै जनताले मेरो मूल्या‌कंन गर्ने बताए ।

शिक्षा र स्वास्थ्यका क्षेत्र यस्तै सम्पदा, सरसफाइ लगायतका क्षेत्रमा पनि राम्रो काम गर्ने र जनतासँग मिलेर काम गर्ने बाचा गरेकाले जनताले गठबन्धनका उम्मेदवारलाई जिताउनेमा ढुक्क छौं ।’

Leave A Reply

Your email address will not be published.