Modern technology gives us many things.

पर्सामा करिब ७० प्रतिशत मतदान : छिटफुट घटना बाहेक शान्तिपुर्ण रुपमा मतदान सम्पन्न

वीरगन्ज,३० वैशाख। केही छिटफुट घटना बाहेक पर्सामा करिब ७० प्रतिशत मतदान भएको निर्वाचन कार्यालय पर्साले जनाएको छ ।

मूख्य निर्वाचन अधिकृत धर्मराज पौडेलका अनुसरा पर्सामा केही छिटफुट घटना बाहेक शान्तिपुर्ण रुपले मतदान सम्पन्न भएको छ ।

यसैगरि वीरगन्ज महानगरपालिकामा करिब ७५ प्रतिशत मत खसेको छ । केही छिटफुट घटना बाहेक महानगरपालिकाको ३२ वडामा शान्तिपूर्ण रुपमा मतदान भएको सहायक प्रमुख निर्वाचन अधिकृत जयप्रकाश काफ्लेले जनाए ।

महानगरको मतपेटिका पिपरा स्थित श्री नृसिंह माविमा रहेको मतगणनास्थलमा ल्याउने काम सुरु भएको छ । वीरगन्ज महानगरको मतगणना भोलि मा त्र सुरु हुने अधिकारीले बताएका छन् ।

सबै केन्द्रबाट मतपेटिका संकलन गरेर महानगरमा आजै मतगणना गराउने सम्भावना कम भएको मुख्य निर्वाचन अधिकृत धर्मराज पौडेलले जनाए ।

Leave A Reply

Your email address will not be published.