Modern technology gives us many things.

हवाई यात्रा सेवा शुल्क बढ्यो, जेठको दोस्रो साताबाट लागु हुने

वीरगञ्ज २३ बैशाख । सरकारले वृद्धि गरेको हवाई यात्रा सेवा शुल्क जेठ दोस्रो साताबाट लागू हुने भएको छ । गएको चैत मसान्तमा मन्त्रिपरिषद्बाट पारित भएको नयाँ शुल्क १४ जेठबाट कार्यान्वयनमा आउन लागेको हो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले बिहीबार सूचना प्रकाशित गर्दै वृद्धि भएको विमानस्थल सेवा शुल्क कार्यान्वयनमा आउने जानकारी दिएको छ ।

अब हवाई यात्रुले भाडादरमा नै विमानस्थल सेवा शुल्क भुक्तानी गर्नु पर्नेछ । सरकारले विमानस्थल सेवा शुल्क नियमावली २०७८ स्वीकृत गरेअनुसार नयाँ नियमावलीमा यात्रु सेवा शुल्कमा केही वृद्धि भएको छ ।

यसअघिको विमानस्थल सेवा शुल्क नियमावलीअनुसार अन्तर्राष्ट्रिय यात्रु ९सार्क०ले ७ सय ५० रुपैयाँ र त्यसबाहेक अन्य देशका यात्रुले एक हजार रुपैयाँ लिइँदै आएको थियो ।

अब भने अन्तर्राष्ट्रिय यात्रुले प्रतिव्यक्ति ३ हजार रुपैयाँ यात्रु सेवा शुल्क तिर्नुपर्ने हुन्छ ।साथै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलबाट यात्रा गर्ने आन्तरिक यात्रुले प्रतिव्यक्ति ५ सय रुपैयाँ यात्रु सेवा शुल्क तिर्नुपर्छ ।

उपत्यका बाहिरका विमानस्थलहरु चन्द्रगढी, विराटनगर, राजविराज, जनकपुर, सिमरा, भरतपुर, पोखरा, गौतम बुद्ध, लुक्ला, जोमसोम, नेपालगञ्ज, सुर्खेत र धनगढी विमानस्थलबाट यात्रा गर्नेले भने ४ सय रुपैयाँ तिर्नुपर्ने हुन्छ । यसअघि यो शुल्क २ सय रुपैयाँ थियो ।

यसैगरी तुम्लिङटार, फाप्लु, रामेछाप, मेघौली, सिमिकोट, जुम्ला, रारा, ताप्लेजुङ, थामखर्क, भोजपुर, लामीडाँडा, रुम्जाटार, खानीडाँडा, दाङ, मनाङ, बाजुरा, डोल्पा, डोटी, बैतडी, रुकुम सल्ले, रुकुम चौरजहारी, बझाङ र साँफेवगर विमानस्थलबाट यात्रु गर्ने यात्रुले भने ३ सय रुपैयाँ तिर्नु पर्नेछ । यसअघि यो शुल्क एक सय रुपैयाँ थियो ।

Leave A Reply

Your email address will not be published.