Modern technology gives us many things.

सखुवाप्रसौनीमा एमालेका उम्मेदवार यादवप्रति जनलहर बढ्दै

वीरगञ्ज,२१ वैशाख । नेकपा एमालेले सखुवाप्रसौनी गापा अध्यक्षका उम्मेदवारलाई जिताउन घर दैलो कार्यक्रमलाई निरन्तर रुपमा अगाडी बढाएको छ ।

सखुवाप्रसौनीका प्रत्येक वडा वडामा दैनिक रुपमा भइरहेको घरदैलौ कार्यक्रममा सखुवाप्रसौनी गापा अध्यक्षका उम्मेदवार यश्वन्त यादव प्रति जनलहर तिब्र रुपमा बढिरहेको छ ।

नेकपा एमालेले स्वच्छ छवी भएका युवा उम्मेदवार उठाएपछि सखुवाप्रसौनीमा एमाले प्रति जनलहर तिब्र रुपमा बढेको स्थानीयको उपस्थीतीले पुष्टि गरेको छ ।

गापा अध्यक्षका उम्मेदवार यादवले घर दैलोका क्रममा स्पस्ट रुपमा आफनो योजना र गाउपालिकाको विकाशको खाका अगाडी सारेर यस क्षेत्रको विकाशको लागी आफुलाई अवसर दिन स्थानीय संग आग्रह गरेका छन ।

शिक्षा, स्वास्थ्य तथा पुर्वाधार विकाश लगाएत प्रत्येक क्षेत्रमा विकाश गर्ने उनको योजनालाई गाउपालिकाबासीले सराहना गरेका छन ।

युवा उम्मेदवार भएका कारण स्थानीय युवाहरु पनि गापा अध्यक्षमा यादवलाई जिताउन कम्मर कसेर सहयोग गरिरहेका छन ।

कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सदस्य एवम् संविधान सभा सदस्य राजकुमार गुप्ता , जिल्ला कमिटी सहसचिव संजीव मिश्रा , राष्ट्रीय युवा संघ नेपाल पर्साका जिल्ला अध्यक्ष मोहमद निजाम , जिल्ला कमिटी सदस्य सुनील कुशवाहा , वडा न ३ का वडा अध्यक्षका उम्मेदवार अनिरुध पटेल , मुस्लिम इतिहात संगठनका केन्द्रीय सदस्य इमाम मियाँ लगायत नेकपा एमालेका नेता एवम् कार्यकर्ताहरुको उल्लेख्य उपस्थिती रहेको थियो ।

Leave A Reply

Your email address will not be published.