Modern technology gives us many things.

अवसर पाए शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधारसहित हरेक क्षेत्रको बिकास गर्ने प्रतिबद्धता : पटेल

वीरगञ्ज । पर्साको बहुदरमाई नगरपालिकाको वडा नम्बर ४ डकैला बहुवरीमा नेकपा एमालेको घरदैलो कार्यक्रम निरन्तरता पाइरहेको छ ।

बहुदरमाई नगरपालिकामा नेकपा एमालेको तर्फबाट मेयरका उम्मेदवार शिव पटेल, उपमेयरका उम्मेदवार शुसमा कुशवाहा र वडा अध्यक्षका उम्मेदवार सुरेन्द्र यादवले डकैला बहुवरीका बासिन्दासँग भेटघाट तथा छलफल गरेका हुन् ।

यसअघि निर्वाचित जनप्रतिनीधिले नगरपालिकामा कुनै बिकास निर्माणका काम गर्न नसकेको हुँदा अब नगरपालिकाको बिकास र समृद्धीका लागि आफ्नो प्यानललाई बिजयी बनाउन पटेलले आग्रह गरेका छन् ।

घरघरमा पुगेर पटेलले गत निर्वाचनमा पराजय भोगेर पनि निरन्तर जनताको बिचमा रहेर गरेका कामको मूल्यांन गर्ने विश्वास व्यक्त गरेका छन् ।

पदमा नभएर पनि नगरपालिकामा धेरै काम गरेको बताउँदै पटेलले अवसर दिएमा नगरपालिकाको शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधारदेखि हरेक क्षेत्रको बिकास गर्ने प्रतिबद्धता जनाएका छन् ।

पटेलसँगै उपमेयरकी उम्मेदवार कुशवाहाले यही बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सूर्य छापमा मतदान गरेर जिताउन पनि नगरबासीसँग आग्रह गरेका छिन ।

घरदैलो कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सदस्य एवम् संविधान सभा सदस्य राजकुमार गुप्ता , जिल्ला कमिटी सहसचिव संजीव मिश्रा , राष्ट्रीय युवा संघ नेपाल पर्साका जिल्ला अध्यक्ष मोहमद निजाम , जिल्ला कमिटी सदस्य सुनील कुशवाहा , वडा न ३ का वडा अध्यक्षका उम्मेदवार दिनेश यादव ,संतोष गुप्ता लगायतका नेता कार्यकर्ताहरुको उल्लेख्य उपस्थिती रहेको थियो ।

Leave A Reply

Your email address will not be published.