Modern technology gives us many things.

५३ केजी लागूऔषध गाँजासहित २ जना पक्राउ

वीरगंज। पर्सा प्रहरीले वीरगन्ज महानगरपालिका ३० लालपर्साबाट शनिबार राति ठूलो परिमाणमा लागूऔषध गाँजा बरामद गरेको छ ।

चालक र सहचालक पक्राउ परेका छन् ।प्रहरी चौकी परवानीपुरबाट खटिएको टोलीले लालपर्सा गाउँतर्फ गइरहेको ना ३ ख ६३८४ नम्बरको मिनी ट्रकमा जाँच गर्दा दुईवटा बोरामा राखिएको ५३ केजी गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

पर्सा प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालका अनुसार शनिबार राति साढे ११ बजेको समयमा लालपर्सातर्फ गइरहेको उक्त ट्रकलाई लिटल फ्लावर बोर्डिङ स्कुल अगाडि नियन्त्रणमा लिई जाँच गर्दा बोराभित्र लागूऔषध गाँजा बरामद भएको हो ।

मकवानपुरको हेटौंडा उपमहानगरपालिका ११ निवासी ४५ वर्षीय ट्रक चालक पूर्णबहादुर मोक्तान र मकवानपुरकै गढी गाउँपालिका ४ निवासी २६ वर्षीय सहचालक राज भुलनलाई प्रहरीले नियन्त्रणमा लिएको खनालले जनाए ।

दुवैमाथि लागूऔषधसम्बन्धी कसुरमा अनुसन्धान अगाडि बढाइएको छ ।

Leave A Reply

Your email address will not be published.