Modern technology gives us many things.

सखुवाप्रसौनीमा एमालेको घर दैलो, अध्यक्षका उम्मेदवार यादव प्रतिको आकर्षण बढ्दै

वीरगञ्ज, १८ वैशाख । नेकपा एमालेका युवा नेता एवम् पर्साको सखुवाप्रसौनी गाउँपालिका अध्यक्षका उम्मेदवार यशवन्त यादवले घर दैलो कार्यक्रमलाई निरन्तरता दिएका छन ।

यही बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै एमालेले जनतासँगको भेटघाटलाई तिव्रता दिएको हो ।

गाउँपालिका अध्यक्षका उम्मेदवार यशवन्त यादवले गाउँपालिकालाई कायापलट गर्नका लागि उम्मेदवारी दिएको बताए ।

सखुवाप्रसौनी गाउँपालिकाको टोल टोलमा पुगेर घर दैलो कार्यक्रमलाई निरन्तरता दिएका हुन । घरदैलोको क्रममा गाउँबासीको घरघरमा गएर यादवले आफ्ना बिचार, एजेण्डा र लक्ष्यहरु सुनाएका छन् ।

गाउँपालिकालाई भ्रष्टाचारमुक्त बनाउने र गाउँबासीलाई सहज र सरल ढंगले सेवा सुविधा उपलब्ध गराउने यादवको योजना छ । स्थानीय तहको निर्वाचनमा युवालाई अवसर दिन यादवले आग्रह गरेका छन् ।

गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएपछि गाउँका सामान्य र न्युन वर्गलाई प्राथमिकता दिएर काम गर्ने उनको भनाई छ ।

घरदैलोका क्रममा नेकपा एमालेका नेता एवम् कार्यकर्ताहरुको उल्लेख्य उपस्थिती रहेको थियो ।

Leave A Reply

Your email address will not be published.