Modern technology gives us many things.

मेरो एक मात्र लक्ष्य नगरको विकास र जनताको सेवा : राजेशमान सिंह

वीरगञ्ज । वीरगञ्ज महानगरको मेयर पदका उम्मेदवार राजेशमान सिंहले मेरो एक मात्र लक्ष्य महानगरको विकाश र जनताको सेवा रहेको बताएका छन ।

यस अनलाईन संगको कुराकानीमा मेयर प्रत्यासी सिंहले जनताको चाहना र नगरको आवश्यकता अनुसार गठबन्धनले विकासलाई अगाडि बढाउने बताए ।

महानगरमा दैनिक रुपमा भइरहेको घर दैलोका क्रममा गठबन्धनको उम्मेदवार प्रति आम जनमानसको आकर्षण बढिरहेको दावी गर्दै नेता सिंहले वीरगञ्जको विकास, राष्ट्रियता, लोकतन्त्र र संविधानको रक्षाका लागि गठबन्धन अपरिहार्य रहेको बताउँदै गठबन्धनका मेयर र उपमेयर दुवैले विजय हासिल गर्नेमा पनि विश्वास व्यक्त गरे ।

‘महानगर समृद्ध बन्नुपर्छ भन्ने सबै नगरबासीको चाहना छ, तर विगतमा नगरको नेतृत्वमा पुगेकाले गर्न सकेनन्’, सिंहले भने, ‘जनअपेक्षा एकातिर थियो, नेतृत्वले अर्कातिर काम गर्यो । म नेतृत्वमा आएँ भने सबैको रायसुझाव लिएर एकीकृत विकासमा लाग्छु ।’

उनले पदमा नरहेपनि जनताको सेवामा आफूले निरन्तर काम गरेको बताउँदै भने ‘पदमा कुनै बेला भइएला, कुनै बेला नभइएला तर म सधै वीरगञ्जबासीसँग छु, हरेक सुखदुःखमा साथमा हुनेछु’, उनले भने, ‘विगतदेखि मैले गर्दै आएको कामलाई अझ फराकिलो रुपमा निरन्तरता दिन्छु ।’

उनले वीरगञ्जमा सडक, खानेपानी, शिक्षा, स्वास्थ्य लगायतमा अझै पछि परेको जनाउँदै त्यसका लागि आफ सधै लाग्ने जनाए ।

Leave A Reply

Your email address will not be published.