बहुदरमाईमा एमालेका उम्मेदवारलाई जिताउन घरदैलो कार्यक्रम निरन्तर
वीरगञ्ज, १८ बैशाख । पर्साको बहुदरमाई नगरपालिकाका विभिन्न वडाहरुमा नेकपा एमालेको घरदैलो कार्यक्रमले निरन्तरता पाइरहेको छ ।
यही बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै एमालेले जनतासँगको भेटघाटलाई तिव्रता दिएको हो ।
नेकपा एमालेबाट बहुदरमाई नगरपालिकाको नगरप्रमुख ९मेयर० पदका उम्मेदवार शिव पटेल, उपमेयरकी उम्मेदवार सुष्मा कुश्वाहासहित सम्पुर्ण एमालेका उम्मेदवारलाई जिताउन घरदैलो थालिएको हो ।
संविधान सभा सदस्य राजकुमार गुप्ताले नेकपा एमालेको बिजयी सुनिश्चित भएको दावी गरे । नेकपा एमालेका उम्मेदवारले जितेपछि मात्रै बिकास र समृद्धि सम्भव भएको गुप्ताको भनाई छ ।
बहुदरमाई नगरपालिकाको मेयरका उम्मेदवार शिब पटेलले नगरपालिकालाई कायापलट गर्नका लागि उम्मेदवारी दिएको बताए ।
गत निर्वाचनमा पराजित भएपनि निरन्तर जनताको माझमा रहेर गरेका कामको मूल्यांकन नगरबासीले गर्नेमा पटेल विश्वस्त छन् ।
घरदैलोका क्रममा नेकपा एमाले जिल्ला कमिटी पर्साका सदस्य श्याम बन्जारासहित नेकपा एमालेका नेता एवम् कार्यकर्ताहरुको उल्लेख्य उपस्थिती रहेको थियो ।