नेपाल प्रहरीको महानिरीक्षकमा धिरजप्रताप सिंह नियुक्त
काठमाण्डाै – नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) मा धिरजप्रताप सिंह नियुक्त हुनुभएको छ ।
मन्त्रिपरिषद्को बैठकले सिंहलाई महानिरीक्षकमा नियुक्त गरेको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशि श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँसँगै प्रहरी अतिरिक्त महानिरीक्षक विश्वराज पोखरेल, सहकुलबहादुर थापा र रवीन्द्रबहादुर धानुकको नाम पनि महानिरीक्षकका लागि सिफारिस भएकाे थियाे ।
तर मन्त्रिपरिषद्ले धिरजप्रताप सिंहलाई नियुक्त गरेको हो ।