Modern technology gives us many things.

गाउँपालिकाको कायापलट गर्नका लागि मेरो उम्मेदवारी : यशवन्त यादव

वीरगञ्ज। नेकपा एमालेका युवा नेता एवम् पर्साको सखुवाप्रसौनी गाउँपालिका अध्यक्षका उम्मेदवार यशवन्त यादवले गाउँपालिकाको कायापलट गर्नका लागि मेरो उम्मेदवारी परेको बताएकाछन ।

यस अनलाईन संगको कुराकानीमा अध्यक्षका उम्मेदवार यादवले गाउपालिकाको बागडोर सम्हाल्ने व्यक्ती परिवर्तन नभए सम्म गाउपालिकाको विकाश नहुने ठोकुवा गरे ।

गाउपालिकाको विकाश एवम समृद्धीका लागी मेलै गाउपालीकाको अध्यक्ष पदमा उम्मेदवारी दिएको यादवले बताए । सोही क्रममा अहिले घर दैलो कार्यक्रमलाई निरन्तरता दिएको उनले बताए ।

निर्वाचनको मिती नजिकिए संगै जनतासँगको भेटघाटलाई तिव्रता दिएको बताउदै युवा नेता यादवले गाउँपालिकालाई भ्रष्टाचारमुक्त बनाउने र गाउँबासीलाई सहज र सरल ढंगले सेवा सुविधा उपलब्ध गराउने योजना रहेको बताए ।

आफ्नो एक मात्र लक्ष्य गाउपालिकाको विकास र जनताको सेवा रहेको बताए । जनताको चाहना र गाउपालिकाको आवश्यकता अनुसार विकासलाई अगाडि बढाउने उनले बताए ।

गाउपालिका समृद्ध बन्नुपर्छ भन्ने सबै गाउबासीको चाहना छ, तर विगतमा गाउपालिकाको नेतृत्वमा पुगेकाले गर्न सकेनन्’, यादवले भने, ‘जनअपेक्षा एकातिर थियो, नेतृत्वले अर्कातिर काम गर्यो । म नेतृत्वमा आएँ भने सबैको रायसुझाव लिएर एकीकृत विकासमा लाग्छु ।’

उनले पदमा नरहेपनि जनताको सेवामा आफूले निरन्तर काम गरेको बताउँदै भने ‘पदमा कुनै बेला भइएला, कुनै बेला नभइएला तर म सधै सखुवाप्रसौनीबासीसँग छु, हरेक सुखदुःखमा साथमा हुनेछु’, उनले भने, ‘विगतदेखि मैले गर्दै आएको कामलाई अझ फराकिलो रुपमा निरन्तरता दिन्छु ।’

Leave A Reply

Your email address will not be published.