स्थानीय तह निर्वाचन : मधेस प्रदेशमा सबै भन्दा बढि उम्मेदवार
वीरगञ्ज,१३ वैशाख । देशमा सबैभन्दा धेरै मधेश प्रदेशमा उम्मेदवारी परेको छ । मधेशमा रहेका १ सय ३६ स्थानीय तहमा विभिन्न पदका लागि २३ हजार १ सय ५ जनाले उम्मेदवारी दिएका छन् ।
प्रदेशमा स्थानीय तह प्रमुखमा १ हजार ७ सय १५ जनाको र उपप्रमुखमा ८ सय ५१ जनाको उम्मेदवारी परेको छ ।
त्यसैगरी वडा अध्यक्षमा ५ हजार ६ सय ८१ जना, सदस्यमा ७ हजार ५ सय ६४ जना, महिला सदस्यमा ३ हजार ७ सय ४३ जना र दलित महिला सदस्यमा ३ हजार ५ सय ५२ जनाले उम्मेदवारी दिएको आयोगले जनाएको छ ।
मधेश प्रदेशको सर्लाही जिल्लामा सबैभन्दा धेरै ३ हजार ६ सय ३७ जनाको उम्मेदवारी परेको छ ।
२०७४ को स्थानीय निर्वाचनमा भने देशभरका ७ सय ५३ पालिकामा गरि १ लाख ५१ हजार १ सय ९० जनाले उम्मेदवारी दिएका थिए ।