Modern technology gives us many things.

वीरगन्जको मेयरमा १८ जना उम्मेदवारको मनोनयन दर्ता

वीरगन्ज,१२ बैशाख । मधेस प्रदेशको एक मात्र महानगर वीरगन्ज महानगरपालिकाको मेयरमा सोमवार अपरान्ह साढे ४ बजे सम्म निवर्तमान मेयर सहित १८ जनाले उम्मेदवारी दिएका छन् ।

डेढ महिना पहिले मात्रै जनता समाजवादी पार्टी ९जसपा० छाडेर नेकपा एमाले प्रवेश गरेका निवर्तमान मेयर विजय कुमार सरावगीले सोमवार एमालेका तर्फबाट उम्मेदवारी दिएका हुन् ।

सरावगी , २०७४ को निर्वाचनमा तत्कालीन संघीय समाजवादी फोरम हालको जसपाबाट मेयरमा निर्वाचित भएका थिए । तर पार्टी भित्रैबाट असहयोग भएको भन्दै सरावगीले फागुन २८ गते जसपा त्यागेर एमालेमा प्रवेश गरेका थिए ।

वीरगन्ज महानगरमा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा० बिच चुनावी तालमेल गरिएको छ । महानगरको मेयरमा सत्तागठबन्धन बाट जसपाका राजेशमान सिंहले उम्मेदवारी दिएका छन् ।

२०७४ को निर्वाचनमा तत्कालीन राजपाबाट मेयरको उम्मेदवार बनेका सिंहले तेश्रो स्थानको मत ल्याएका थिए । उनि डेढ महिना पहिले मात्रै लोसपा त्यागेर जसपामा प्रवेश गरेका हुन् ।

सोमबार जसपाका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादव , मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत र पर्साका सांसद प्रदीप यादवका साथ मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर सिंहले मेयरमा मनोनयन दर्ता गराएका हुन् ।

महानगरको मेयरमै राप्रपाबाट पत्रकार गिरिश गिरीले सोमवार उम्मेदवारी दर्ता गराएका छन् । वीरगन्जका पूर्वमेयर स्वर्गीय गोपाल गिरीका छोरा गिरिशलाइ राप्रपाले मेयरको उम्मेद्वार बनाएको हो ।

महानगरको मेयरमा नेपाल सद्भावना पार्टीबाट विजय कुमार रौनियार, नेपाल मजदुर किसान पार्टीबाट गोकर्ण प्रसाद कोइरीको पनि उम्मेदवारी परेको छ ।

मेयरमा स्वतन्त्रबाट प्रभात सिँह, जमिल राय भाठ, रिजवान अली, राजेन्द्र प्रसाद सिँह, महमद सगिर अली, फिरोज आलम, महमद रियाज उल हक, बिक्की राज पटेल , सन्जिव कुमार यादव, कैलाश प्रसाद सर्राफ, । राधेश्याम साह र राजेश सिँहले पनि उम्मेदवारी दिएका छन् ।

Leave A Reply

Your email address will not be published.