Modern technology gives us many things.

वीरगञ्ज महानगर : उपमेयरमा २ स्वतन्त्र सहित ५ जनाको उम्मेदवारी दर्ता

वीरगञ्ज,१२ वैशाख । वीरगन्जको उपमेयरमा भने २ स्वतन्त्र सहित ५ जनाको उम्मेदवारी परेको छ ।

एमाले र लोसपाको गठबन्धनबाट लोसपाका जिल्ला अध्यक्ष पुरुषोत्तम झाले उम्मेदवारी दिएका छन् । यी दुइ दल बिच भएको चुनावी तालमेलमा मेयर एमालेलाइ र उपमेयर लोसपाले पाउने सहमति गरिएको थियो ।

महानगरको उपमेयरमा सत्तागठबन्धनका तर्फबाट नेपाली काँग्रेसका जिल्ला सचिव इम्तियाज आलमले उम्मेदवारी दिएका छन् । सत्तागठबन्धनको चुनावी तालमेलमा वीरगन्ज महानगरको मेयर जसपालाइ र उपमेयर काँग्रेसलाइ दिने सहमति गरिएको थियो ।

महानगरको उपमेयरमै राप्रपाका तर्फबाट विणा देवीको पनि उम्मेदवारी परेको छ । उपमेयरमै लोसपा नेतृ रम्भा मिश्राले भने स्वतन्त्र उम्मेदवारी दिएकी छन् ।

एमाले र लोसपा बिच भएको चुनावी तालमेल प्रति असन्तुष्टि जनाउदै लोसपाकी नेतृ रम्भा मिश्राले स्वतन्त्र उम्मेदवारी दिएकी हुन् ।

वीरगन्ज महानगरमा मेयर र उपमेयर पदमा दलहरु बिच दुइ छुटटा छुट्टै गठबन्धन भएपनि वडाहरुमा भने दलहरु बिच चुनावी तालमेल हुन सकेन ।

महानगरका ३२ वटै वडामा वडा अध्यक्ष र सदस्य पदमा हरेक दलहरुले छुटटा छुटटै उम्मेदवारी दिएका छन् ।

Leave A Reply

Your email address will not be published.