Modern technology gives us many things.

चौतारीको बैठक सम्पन्न, १४ तहमा पत्रकार खटिए

वीरगञ्ज, १० वैशाख । प्रेस चौतारी नेपाल पर्साको बैठक सम्पन्न भएको छ ।

बैठकले आसन्न स्थानीय तहको निर्वाचनमा पर्सा जिल्लाका १४ वटै स्थानीय तहमा एमालेको उम्मेदवारहरुलाई सहयोग गर्न र पार्टीले आयोजना गरेका कार्यक्रम जनसमक्ष लग्न जिम्मेवारी तोकिएको छ ।

जसअनुसार पर्सा जिल्ला निर्वाचन क्षेत्र नं। १ मा कबिता खड्का, २ मा जितेन्द्र साह, ३ मा सञ्जिव मिश्र र ४ मा अनुप तिवारीलाई संयोजक तोकिएको छ ।

त्यस्तै निर्वाचन क्षेत्र नं। २ को पर्सागढी नगरपालिकामा चौतारीका उपाध्यक्ष तुलसी भण्डारी ९विजय०, बहुदरमाई नगरपालिकामा पन्नालाल साह, विन्दवासिनी गाउँपालिकामा एसके चौरसिया, पोखरिया नगरपालिकामा धर्मेन्द्र चौरसिया, पकाहामैनपुर गाउँपालिकामा कृष्ण कुशवाहा,

धोबिनी र छिपहरमाई गाउँपालिकामा राजन बानियाँ, धर्मेन्द्र यादव, जिराभवानीमा शम्भु महतो थारु, ठोरीमा प्रताप श्रेष्ठ, जगरनाथपुरमा ग्यासुमियाँ देवान र नितेश कर्ण, पटेर्वा सुगौलीमा केसी लामिछाने, सखुवा प्रसौनीमा राजेन्द्र सिंह नेपाली, कालिकामाई गाउँपालिकामा अनुप तिवारी, वीरगञ्ज महानगरपालिकाको कविता खड्कालाई जिम्मेवारी दिइएको छ ।

त्यस्तै जिल्लाका पदाधिकारी र सचिवालय सदस्यहरु एवं सल्लाहकारहरुले समग्र जिल्लाभरीमा प्रेस चौतारीको पहिचान स्थापित हुने गरी उम्मेदवारहरुलाई जनसमक्ष स्थापित गर्न आवश्यक पर्ने सल्लाह एवं अनुगमन गर्ने जिम्मेवारी तोकिएको छ ।

चौतारीका अध्यक्ष श्याम बन्जाराको सभापतित्वमा बसेको बैठकमा जिल्ला कार्यसमिती पदाधिकारी एवं सदस्यहरु र सल्लाहकारको समेत सहभागिता रहेको थियो ।

Leave A Reply

Your email address will not be published.