Modern technology gives us many things.

कालिकामाई गाँउपालिकाका कार्यवाहक अध्यक्ष चौरसिया एमाले प्रवेश

वीरगञ्ज,८ वैशाख । कालिकामाई गाँउपालिकाका कार्यवाहक अध्यक्ष राजेश चौरसिया आज नेकपा एमालेमा प्रवेश गरेका छन ।

तत्कालिन संघिय समाजवादी फोरमबाट उपाध्यक्षमा निर्वाचित चौरसिया वीरगंज मुर्ली स्थित एमालेको सम्पर्क कार्यालयमा पार्टी प्रवेश गरेका हुन ।

कालिकामाई गाँउपालिकाका अध्यक्ष नथुनी कुशवाहाको निधन पश्चात चौरसिया कार्यवाहक अध्यक्षका रुपमा काम गर्दै आएका थिए ।

कार्यवाहक चौरसिया संगै लोसपाका वडा नम्बर ३ का वडा अध्यक्षका उम्मेदवार राजेश पटेल, नेताहरु भुवाल कुशवाहा, अफरोज आलम , गम्भीरा महतो ,ओम पटेल लगायत नेताहरु एमाले प्रवेश गरेका हुन ।

नव प्रवेशी नेताहरुलाई पर्सा ईन्र्चाज प्रभु हजरा, अध्यक्ष जयप्रकाश थारु, प्रदेश कमिटी सदस्य शम्भु गुप्ता,वडा नम्बर ५ का वडा अध्यक्ष पवन तिवारी,नेताहरु बलिराम साह ,अनुप तिवारी लगायतकाले फुलमाला लगाई स्वागत गरेका थिए ।

देशको बिकाश एमालेबाट मात्र सम्भव हुने भएकाले आफुहरु एमाले प्रवेश गरेको नेताहरुले बताएका थिए ।

बैशाख ३० गते हुने निर्वाचनमा कालिकामाई गाँउपालिकामा एमाले बहुमतका साथ बिजयी हुने नेताहरुले दावी गरेका छन ।

Leave A Reply

Your email address will not be published.