वीरगञ्ज, ८ वैशाख । वीरगञ्ज १२ मुर्ली बगैचामा आजदेखि नेकपा एमाले वीरगञ्जको निर्वाचन परिचालन कार्यालय सञ्चालनमा आएको छ ।
बैशाख ३० गते हुने स्थानीय तहको चुनावलाई लक्षित गरेर बिहीबार एमालेको निर्वाचन परिचालन कार्यालय सञ्चालनमा आएको हो ।
कार्यालयको उद्घाटन एमालेका केन्द्रिय सचिव एवं मधेश प्रदेश इन्र्चाज रघुबिर महासेठले गर्नुभएको थियो ।
सो अवसरमा मधेश प्रदेशका सहईन्र्चाज पुरुषोत्तम पौडेल, पर्सा इन्र्चाज प्रभु हजरा, केन्द्रिय सदस्यद्वय राजकुमार गुप्ता, अरबिन्द सिंह, पर्सा अध्यक्ष जयप्रकाश थारु, प्रदेश कमिटी सदस्यहरु बिचारी यादव, बसरुद्धिन अन्सारी, शम्भु गुप्ता, मेयर विजय सरावगी लगायतको उपस्थिती थियो ।
सो अवसरमा केन्द्रिय सचिव महासेठले अब निर्वाचन नजिकिसकेको छ, सबै नेता÷कार्यकर्ताहरुलाई चुनावमा होमिन र आ–आफ्ना वडाका उम्मेदवारको व्यापक प्रचार प्रसार गर्न आग्रह समेत गर्नुभएको थियो ।
उहाँले पार्टीले दिएको जिम्मेवारी राम्ररी बहन गर्न पनि निर्देशन दिनुभएको थियो ।