Modern technology gives us many things.

वीरगञ्जको मुहार फेर्ने महाअभियानमा लागेको छु : राजेशमान सिंह

वीरगंज। जनता समाजवादी पार्टी बाट वीरगंज महानगरपालिकाको मेयरका प्रत्याशी राजेशमान सिंहले वीरगंजको मुहार फेर्ने महाअभियानमा लागेको बताउदै हातेमालो गर्न उनले आग्रह गरेका छन् ।

सम्भावनाको शहर वीरगञ्जको स्रोत साधनलाई भरपुर रुपमा सदुपयोग गरेर वीरगञ्जको मुहार फेर्ने महाअभियानमा हातेमालो गर्न उनले आग्रह गरेका हुन ।

नेता सिँहले आफु मेयरमा निर्वाचित भएपछी जनताका आधारभूत आवश्यक्तालाई प्राथमिकता दिएर काम गर्ने बताए ।

जनताको मन, मत र विश्वासलाई कहिलै पनि कम हुन नदिएर जनताकै बिचमा रही जनताकै लागि काम गर्ने बाचा पनि सिँहले गरेका छन् ।

नगरबासीको जिवनस्तर उकास्नका लागि जनता समाजवादी पार्टी (जसपा) लाई नै जिताउनुपर्ने सिँहको आग्रह छ ।

जनताका आधारभुत आवश्यक्ताहरुलाई वेवास्ता गरेर ठुला ठूला सपनाहरु बाँड्नेहरुदेखि अब सचेत हुनुपर्ने बताउँदै सिँहले जसपाले नै मधेशका मुद्धाहरुको सम्बोधन गर्ने दावी गरेका छन ।

 

Leave A Reply

Your email address will not be published.