Modern technology gives us many things.

पर्सामा कांग्रेस र जसपाले कुनैपनि दलसँग गठबन्धन नगर्ने

वीरगन्ज,०३ वैशाख । आसन्न वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा पर्सामा सत्तारुढ दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टी ९जसपा० छुट्टा(छुट्टै प्रतिस्पर्धा गर्ने सहमति गरेका छन् ।

पाँचदलीय गठबन्धनले स्थानीय तह निर्वाचनमा गठबन्धन गरेर उम्मेदवार छनोट गर्ने भने पनि पर्सामा तालमेलको अवस्था नदेखिएपछि दुवै दलका जिल्ला अध्यक्षले शनिबार बैठक गरी छुट्टाछुट्टै प्रतिस्पर्धा गर्ने सहमति गरेका हुन् ।

कांग्रेस पर्सा सभापति जर्नादन सिंह क्षेत्री र जसपा अध्यक्ष रामनेरश यादवले सहमति पत्रमा हस्ताक्षर समेत गरेका छन् ।

‘वैशाख ३० का दिन हुन गइरहेको स्थानीय तहको निर्वाचनमा पर्सामा कांग्रेस र जसपाका दुवै दलले स्थानीय नेता र कायकर्ताको मनोभावनाको कदर गर्दै छुट्टाछुट्टै जिल्लाको १४ वटै स्थानीय तहमा मित्रवत् प्रतिस्पर्धा गर्न सहमत भएको’ सहमति पत्रमा उल्लेख छ ।

कांग्रेस सभापति सिंहले दुई दलबीच छुट्टाछुट्टै प्रतिस्पर्धा गर्ने सहमति भएको बताए । ‘कार्यकर्ताको मनोभावना बुझेर छुट्टाछुट्टै प्रतिस्पर्धा गर्ने सहमित भएको छ,’ उनले भने ।

जसपा अध्यक्ष रामनरेश यादवले तालमेलको अवस्था नभएपछि स्वच्छ प्रतिस्पर्धा गर्ने सहमित भएको बताए ।

‘१४ वटै स्थानीय तहमध्ये कुनै पनि छाड्ने अवस्था दुवैको छैन । तालमेलको अवस्था छैन, स्वच्छ प्रतिस्पर्धामा जान्छौं,’ उनले भने ।

Leave A Reply

Your email address will not be published.