वीरगञ्ज १२ मुर्लीमा ‘टाइफाइड खोप अभियान’ सम्बन्धी अभिमुखीकरण सम्पन्न
वीरगञ्ज, वैशाख २ । वीरगञ्ज महानगरपालिका वडा नम्बर १२ मा टाइफाइड खोप अभियान सम्बन्धमा अभिमुखीकरण सम्पन्न भएको छ ।
वीरगञ्ज महानगरपालिका, स्वास्थ्य तथा सामाजिक विकास महाशाखा, जनस्वास्थय प्रवद्र्धन शाखा र वडा खोप समन्वय समितिको आयोजनामा अभिमुखीकरण सम्पन्न भएको हो ।
वडा नम्बर १२ का वडाअध्यक्ष रामदरश प्रसाद कुशवाहाको सभापतित्वमा अभिमुखीकरण सम्पन्न भएको हो । वडाअध्यक्ष कुशवाहाले निरोगी भएपछि मात्रै अध्ययनसँगै अन्य काम गर्न सकिने बताए । स्वस्थ रहनका लागि खोप अनिवार्य लगाउनुपर्नेमा कुशवाहाको जोड छ ।
कार्यक्रममा वडा नम्बर १२ स्वास्थ्य चौकीका अहेब संगिता केसीले टाइफाइड खोप अभियानका बारेमा प्रकाश पारेकी थिईन । वडा नम्बर १२ का ८ वटा विद्यालयमा बैशाख ५ गतेदेखि ९ गते सम्म र १० गते वडा समितीको कार्यालय तथा ११ गते खोप लगाउन छुटेकालाई नगर स्वास्थ्य केन्द्रमा १५ महिनादेखि १५ वर्षसम्मका बालबालिकाहरुलाई खोप लगाइने वडा स्वास्थ्य चौकीका केसीले जानकारी दिईन ।
कार्यक्रममा वडा नमबर १२ का वडा सदस्य रमेश साह कानु, महिला सदस्य सुराती देवी, संघिय सांसद प्रदिप यादवका संसदिय प्रतिनीधि घन्श्याम गुप्ता, सुरजी देवी माध्यमीक विधालयका प्रधानाध्यापक मनोज चौहान, जसपाका नेता मदन साह कानु, राजु गुप्ता लगायतको उपस्थिती रहेको थियो ।