Modern technology gives us many things.

मतको सदुपयोग गरेर भावी सन्ततीको भविष्य सुनिश्चित गरौँ – सिंह

वीरगञ्ज। जनता समाजवादी पार्टी ९जसपा० का नेता राजेशमान सिँहले नयाँ वर्ष २०७९ को अवसरमा शुभकामना सन्देश जारी गरेका छन् ।

शुभकामना सन्देश जारी गर्दै जसपाबाट वीरगञ्ज महानगरपालिकाको नगरप्रमुख ९मेयर० का आकाङ्क्षीसमेत रहेका सिँहले नयाँ वर्ष आपसी मेलमिलाप, भाईचारा र एकताको भावनालाई थप मजबुत बनाउने वर्षको रुपमा बितोस् भन्ने कामना गरेका छन् ।

विगतमा गरेका गल्ती तथा कमजोरीहरुलाई सुधार्दै लैजाने अवसरको रुपमा नयाँ वर्ष आएको बताउँदै सिँहले अवसरको सदुपयोग गर्नुपर्नेमा जोड दिएका छन् । वर्ष फेरीए जस्तै व्यवस्था फेरिएपनि जनताको अवस्था ज्युँको त्यु रहेकोप्रति उनले चिन्ता व्यक्त गरेका छन् ।

स्थानीय तहमा निर्वाचित जनप्रतिनीधिहरुले जनमुखी काम गर्न नसकेको बताउँदै सिँहले भ्रष्टाचारमा लिप्त भएका व्यक्तिहरुलाई अब अवसर नदिन आग्रह गरेका छन् ।

नयाँ वर्षमा आफ्नो मतको सही सदुपयोग गरेर भावी सन्ततीको भविष्य सुनिश्चित गर्न र समृद्ध वीरगञ्ज निर्माण गर्ने अभियानमा हातेमालो गर्न उनको अनुरोध छ ।

यसअघि गलत नेतृत्व चयन हुँदा जनताको विकास र समृद्धिको चाहनामा कुठाराघात भएको बताउँदै बितेको ५ वर्षमा विभिन्न किसिमका जोखिम परिवेशको सामना गर्दा पनि सुरक्षाको प्रत्याभुती र अभिभावकत्वको आभाष गर्न नसकेको सिँहद्वारा जारी शुभकामना सन्देशमा उल्लेख छ ।

अब जनताको सुख, दुःख तथा बाधा अड्चनमा साथ दिने किसिमको र जनताका समस्याहरुलाई नजिकबाट नियालेको व्यक्तिलाई अमूल्य मत दिएर आगामी ५ वर्षलाई सुख, शान्ती एवम् हर्ष तथा विकासको वर्षको रुपमा स्थापित गर्नुपर्ने सिँहको धारणा छ ।

तसर्थ यस निर्वाचनमा सम्पूर्ण वीरगञ्ज महानगरवासीले कुनै किसीमको प्रलोभनमा नपरी योग्य व्यक्ति छनोट गर्ने विश्वास पनि उनले व्यक्त गरेका छन् ।

Leave A Reply

Your email address will not be published.