Modern technology gives us many things.

बारामा शिकारीले चलाएको गोली लागेर युवकको मृत्यु

वीरगञ्ज। बारा जिल्लामा गोली लागेर घाइते भएका युवकको मृत्यु भएको छ ।

बाराको जितपुरसिमरा उपमहानगरपालिका(१६ मा गोली लागेर गम्भीर रुपले घाइते भएका युवकको उपचारको क्रममा बिहिबार बिहान मृत्यु भएको हो ।

मृत्यु हुनेमा जितपुर सिमरा उपमहानगरपालिका(१६ का २८ वर्षीय सागर सिंजाली रहेका छन् ।

बुधबार राती गाउँका अन्य युवाहरूसँगै नजिकैको धर्मनगरस्थित बालगङ्गा नदीमा पुगेका मगर शिकारीले चलाएको गोलीबाट घाइते भएका थिए ।

घाइते मगरलाई स्थानीयको सहयोगमा उपचारको लागि वीरगञ्जस्थित वयोधा अस्पतालमा भर्ना गरिएको थियो ।

उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी राजेश थापाले जानकारी दिए ।

मृतकको शव अस्पतालमै राखिएको र घटनाबारे थप विवरण आउन बाकी रहेको प्रहरीले जनाएको छ ।

वन क्षेत्र नजिकैमा रहेका बस्तीका मानिसहरू घरेलु हातहतियार तथा भरुवा बन्दुकबाट वन्यजन्तुको चोरी शिकारी गर्दै आएको स्थानीयको भनाई छ ।

Leave A Reply

Your email address will not be published.