डा. निरज सिँह प्रबल जनसेवा श्री चतुर्थ श्रेणीबाट बिभुषित
वीरगञ्ज । वीरगञ्जस्थित नारायणी अस्पतालका बरिष्ठ फिजिसियन डा. निरज सिँह नेपाल सरकारको प्रबल जनसेवा श्री चतुर्थ श्रेणीबाट विभुषित भएका छन् ।
स्वास्थ्य क्षेत्रमा निरन्तर सक्रिय रहेर सामाजिक उत्तरदायीत्व बहन गर्ने एवम् कर्तव्यनिष्ठ रहेका सिँहलाई राष्ट्रपति विद्या देवी भण्डारीले सम्मान गरेकी हुन् ।
विशेष गरी कोभिड १९ को महामारीमा अग्रपंक्तिमा खटिएका डा. सिँहको योगदान प्रशंसनीय थियो ।
सम्मानले अँझै जिम्मेवारी थपिएको डा. सिँहको प्रतिक्रिया छ ।