जनसेवा श्री पञ्चम श्रेणीबाट पत्रकार पासवान सम्मानित
वीरगञ्ज । राष्ट्रिय दलित पत्रकार संघ पर्साका सल्लाहकार बृजलाल पासवान नेपाल सरकारको जनसेवा श्री पञ्चम श्रेणीबाट सम्मानित भएका छन् ।
सञ्चार क्षेत्रमार्फत दलित सशक्तीकरणको क्षेत्रमा सक्रियताका साथ गरेका कामको मुल्यांकन गर्दै नेपाल सरकारले पासवानलाई उक्त विभुषणबाट सम्मानित गरेको हो ।
राष्ट्रपति विद्या देवी भण्डारीले पासवानलाई सम्मान प्रदान गरेकी हुन् ।