Modern technology gives us many things.

१५ वर्षीय बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा पटेल पक्राउ

वीरगञ्ज। बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा पटेर्वासुगौली गाउँपालिकाका आदेश पटेल पक्राउ परेका छन् ।

पर्सा जिल्लाको पटेर्वासुगौली(४ बस्ने वर्ष २२ का पटेलले एक १५ वर्षीय बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा उनलाई सोमबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

घरनजिकको गोठमा दाउरा लिन पुगेको समयमा जबरजस्ती करणीको उद्योग गर्दा निज बालिकाको हारगुहार पश्चात डर त्रासका कारण भागेका पटेललाई प्रहरी पक्राउ गरेको जनाएको छ ।

पीडितको बालिकाका अभिभावकको जाहेरी दरखास्तको आधारमा खोजतलासको लागि खटिएको प्रहरी टोलीले पटेललाई नियन्त्रणमा लिई जबरजस्ती करणी उद्योग कसूरमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

Leave A Reply

Your email address will not be published.