Modern technology gives us many things.

वीरगञ्ज महानगर : राजेशमान सिंहप्रति जनलहर बढ्दै

वीरगंज। स्थानीय तहको निर्वाचन नजिकीदै जाँदा जनता समाजवादी पार्टीले वीरगंज महानगरपालिकामा चुनावी प्रचार प्रसारलाई तिब्रता दिएको छ ।

जसपाबाट वीरगंज महानगरको मेयर पदको प्रत्यासी रहेका राजेशमान सिंहले विभिन्न वडामा कार्यकर्ता भेटघाट तथा घरदैलो कार्यक्रमलाई निरन्तरता दिदै घरदैलो कार्यक्रम गरिरहेका छन् ।

मेयर प्रत्यासी सिंहले महानगरको वडा र प्रत्येक टोल टोल र घरघरमा भेटघाट कार्यक्रमलाई निरन्तरतरता दिएका छन ।

गत स्थानीय निर्वाचनमा पराजित सिंहले विगत ५ वर्षको कार्यकालमा जनताको दुख, सुखमा हाथोमालो गर्दै युवाहरुको जनाधार बोकेका सिंह नै जित्ने प्रवल सम्भावना घर दैलो कार्यक्रममा देखिएको जनलहरले देखिन्छ ।

यस्तै, पार्टीले औपचारिक रुपमा राजेशमान सिंहलाई जसपाबाट महानगरको मेयरको उम्मेदवार घोषणा गरेदेखि नै प्रत्येक वडामा जनलहर बढ्दै गएको छ ।

घरदैलो कार्यक्रममा नेता सिंहले आफूले महानगरको जनतासँग जोडिएको हरेक मुद्दालाई प्राथमिकतामा राख्दै महानगरको शिक्षा, स्वास्थ्य र युवाको रोजगारीका लागि विभिन्न अवसर सृजना गरि कार्य गरिने भन्दै वीरगंजको हरेक वडामा कार्यक्रम गर्दै जनतासंग भेटघाट कार्यलाई तिब्रता दिएका छन् ।

नेता सिंहले आफू मेयरमा निर्वाचित भए वर्तमान मेयर विजय सरावगीले गरेको भ्रष्टाचारलाई भण्डाफोर गरि कानुनी कटघारामा उभ्याउने बताउँदै आएका छन् ।

Leave A Reply

Your email address will not be published.