Modern technology gives us many things.

लोसपा परवानीपुरका एक दर्जन युवा काङ्ग्रेस प्रवेश गरे

वीरगन्ज ,२५ चैत । लोकतान्त्रिक समाजवादी पार्टीका एक दर्जन युवा नेपाली काङ्ग्रेसमा प्रवेश गरेका छन ।

बाराको परवानीपुर गाउँपालिका ३ मा आयोजित एक कार्यक्रममा लोकतान्त्रिक समाजवादी पार्टीका प्रभावशाली युवा नेता
दिपक यादवको नेतृत्वमा युवाहरु काङ्ग्रेस प्रवेश गरेका हुन् ।

लोकतान्त्रिक समाजवादी पार्टी परित्याग गरेर काङ्ग्रेस प्रवेश गर्नेमा प्रकाश यादव ,नजमुल्लाह मिया , लोकेश यादव ,ओमप्रकाश यादव रहेका छन ।

यस्तै नेकपा एमाले स्थानीय कार्यकर्ता हरिबेलाश यादव , अर्जुन यादव र सरोज यादव सहितकाले काङ्ग्रेस प्रवेश गरेका हुन् ।

युवा नेता दिपक यादव लोकतान्त्रिक समाजवादी पार्टीका मधेस प्रदेश अध्यक्ष जितेन्द्र सोनार निकट थिए ।

तर सोनार मधेस सरकारको मन्त्री बनेपछि आफ्नो भाइ भतिजालाइ मात्र अगाडि बढाएपछी यादव असन्तुष्ट बनेका थिए ।

जानकारी अनुसार दिपक यादव काङ्ग्रेसबाट बैशाख ३० मा हुने स्थानीय निर्वाचनमा वडा अध्यक्ष पदमा लडने पक्का पक्की भएको छ ।

अब उनी काङ्ग्रेसको तर्फबाट उम्मेदवार भएर घरदैलोमा सहभागी हुनेछन ।

नव प्रवेशीहरूलाई नेपाल काङ्ग्रेसका नेता विजय गुप्ता , रामबहादुर यादव , पुन्यदेव यादव ,रामदेव यादव लगायतकाले काङ्ग्रेसमा स्वागत गरेका थिए ।

Leave A Reply

Your email address will not be published.