Modern technology gives us many things.

सशस्त्र प्रहरीद्वारा पर्सामा बन्दुकसहित ३ जना पक्राउ

वीरगन्ज, २४ चैत। सशस्त्र प्रहरीले पर्साको विन्दवासिनी गाउँपालिका–३ सबैठवाबाट दुई नाले बन्दुकसहित ३ जनालाई नियन्त्रणमा लिएको छ ।

सशस्त्र प्रहरी बलको गस्ती टोलीले बिहीबार बिहान करिब ९ बजे सबैठवाको नहर चोकमा ना.५७ प ३६२८ नम्बरको मोटरसाइकलमा चढेका तीन जनालाई जाँच गर्दा ‘सुपर क्वालिटी लङ रेन्ज’ लेखिएको दुईनाले बन्दुक र त्यसमा लाग्ने कार्टिज एक थान बरामद भएको सशस्त्र प्रहरी उपरीक्षक तेजप्रसाद पोखरेलले जनाए ।

उनका अनुसार मोटरसाइकलमा चढेका पर्सागढी नगरपालिका–५ निवासी ४१ वर्षीय प्रेम ठाकुर, १६ वर्षीय राहुल ठाकुर र ५५ वर्षीय रामजी ठाकुरलाई नियन्त्रणमा लिइएको छ ।

तीनै जनालाई थप अनुसन्धानका लागि बन्दुकसहित जिल्ला प्रहरी कार्यालयको जिम्मा लगाइएको सशस्त्र प्रहरी बलले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.