Modern technology gives us many things.

नेकपाका नेता शिव पटेल सहितको टोलीद्वारा प्रमुख जिल्ला अधिकारीलाई  ध्यानाकर्षण

वीरगञ्ज,२१ चैत्र। नेकपा एमालेका नेता तथा बहुदरमाई नगरपालिकाका मेयरका प्रत्यासी शिव पटेल सहितको टोलीले पर्साको प्रमुख जिल्ला अधिकारीलाई हिजो भएको घटना सम्बन्धमा ध्यानाकार्षण गराएका छन् ।

नगरपालिकाले बिगत मा गरेको खर्च तथा आम्दानीको सुचना माग्न जादा प्रमुख प्रशासकिय अधिकृतले आल टाल गरेको तथा मेयर नितेन्द्र साहका सहयोगीहरुले निषेदको राजनिती गरि भ्रष्टाचार गरेको नेता पटेलले प्रमुख जिल्ला अधिकारीलाई जानकारी दिए ।

बहुदरमाईको धेरै वडामा जनता आन्दोलित भएकोले मेयरलाई जनताले आक्रमण गरे हामी जिम्मेवार नभएको उनले ध्यानाकर्षण गराएका हुन् ।

मेयरको तर्फबाट अक्रमण भएको सो जवाफ दिने र हिजोको घटनाको कानुनी उपचार समेत खोजीने नेता पटेलले बताएका छन् ।

ध्यानाकर्षण गर्न नेता शिव पटेल सहित दर्जनौको शंख्यामा नेताहरु जिल्ला प्रशासन कार्यालय तथा जिल्ला प्रहरी कार्यालय पुगेका थिए ।

Leave A Reply

Your email address will not be published.