Modern technology gives us many things.

सिसीटिभी क्यामेरा सम्बन्धी प्राविधिक तालिम सम्पन्न

वीरगञ्ज । सिसीटिभी क्यामेरा इजभिजका डिलर तथा मोबाइल व्यवसायीका लागि लक्षित प्राविधिक (टेक्निकल) तालिम सम्पन्न भएको छ ।

वीरगञ्जस्थित दियालो लर्ड्स प्लाजा होटलमा भत्सल इम्पेक्स प्रालिको सहयोग र मधेश प्रदेशका लागि इजभिजका आधिकारीक डिलर बानी ट्रेड कन्सर्न वीरगञ्जको आयोजनमा नेपालमै पहिलो पटक टेक्निकल तालिम सम्पन्न भएको हो ।

पर्सा, बारा र रौतहटका इजभिज सिसीटिभी क्यामेराका सेलर र यस क्षेत्रका ३५ जना मोबाइल व्यवसायीलाई कार्यक्रममा तालिम दिइएको थियो ।

सेलर र व्यवसायीहरुलाइ इजभिज क्यामेराका लागि नेपालका प्रमुख टेक्निसियन प्रविन सापकोटाले क्यामेराको प्रयोग, यसका विशेषता, ग्राहकलाई बेच्ने तरिका लगायतका बारेमा तालिम दिएका थिए ।

तार रहित र जडान गर्न सजिलो इजभिज क्यामेरालाई मोबाइलबाट सहजै जोकोहीले पनि प्रयोग गर्न सक्ने भत्सल इम्पेक्सका चिफ बिज्नस अफिसर प्रतीक ललवानीले बताए ।

अन्य सिसीटिभी क्यामेराभन्दा सस्तो र तुलनामा राम्रो गुणस्तरको दृश्य रेकर्ड गर्न सक्ने इजभिज क्यामेरा अहिले साना व्यवसायीहरुले धेरै मन पराएको ललवानीको भनाइ थियो ।

इजीभिज क्यामेरा प्रयोगकर्ताले संसारको कुनैपनि ठाउँबाट मोबाइलमा क्यामेराको लाइभ दृश्य हेर्न सक्ने, क्यामेरा मार्फत नै कुराकानी गर्न सक्ने र रातीको समयमा अज्ञात व्यक्तिलाई देख्न बितिकै क्यामेरामा साइरन बज्ने जस्ता अलग विशेषता पनि रहेको आयोजक डिलर बानी ट्रेड कन्सर्न वीरगञ्जका सञ्चालक बलराम मण्डलले जानकारी दिए ।

Leave A Reply

Your email address will not be published.