Modern technology gives us many things.

वीरगन्ज महानगरपालिकाको मेयरको दौडमा नयाँ अनुहार

वीरगन्ज– अगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा वीरगन्ज महानगरपालिकामा त्रिपक्षीय भिडन्त हुने देखिन्छ ।

एमाले र जसपाबाट क–कसले टिकट पाउने भन्ने पक्का पक्की छ । तर, मेयरको प्रबल दावेदार मानिएको कांगेसमा भने अहिलेसम्म कसले टिकट पाउने हो भन्ने टुंगो लागेको छैन् ।

कांग्रेसबाटै झन्डै आधा दर्जन नेताहरुले मेयरका लागि पार्टीमा दाबी गरिसकेका छन् । केहीले स्थानीय अनलाइन त केहीले सामाजिक सञ्जाल र विभिन्न सञ्चार माध्यमबाट आफ्नो दावेदारी पेश गरिरहेका छन् ।

नेताहरुको दाबी चलिरहेकै बेला पछिल्लो केही दिनयता महानगरवासीका बीच कांग्रेसमा नयाँ उम्मेदवारको चर्चा चलिरहेको छ ।

२०४९ सालमा ठाकुरराम बुहुमखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा कांग्रेसको प्यानलबाट बिजयी भएका युवा नेता राकेश सिंहले यसपालीको महानगरपालिकाको निर्वाचनमा कांग्रसबाट उम्मेदवार बन्ने विषयले वीरगन्जको राजनीतिक माहोल तताएको छ ।

विद्यार्थीकाल देखि राजनीतिमा होमिएका सिंह अरुलाई सुन्ने, बुझ्ने र अध्ययन गर्न सक्ने क्षमता भएको नेता मानिन्छन् ।

समयानुकूल विकास पूर्वाधार देखि युवा मतदाताको मर्म बुझ्ने क्षमता भएको सिंहले नेपाल विद्यार्थी संघको केन्द्रिय सदस्य हँुदै नेपाली कांग्रेसको राजनीति मार्फत जनताको दुख सुखमा रात दिन लागि परेका हुन्छन् ।

सिंह हाल कांग्रेसको महाधिवेशन प्रतिनिधी हुन् । समयानुकूल विकास, भ्रष्टाचार न्युनीकरण, सामाजिक न्याय र रुपान्तरणका लागि वीरगन्जवासीको चाहना राकेश सिंहले नै टिकट पाउन भन्ने रहेको बुझिएको छ ।

Leave A Reply

Your email address will not be published.