Modern technology gives us many things.

राष्ट्रिय भूमि आयोग पर्साको अध्यक्षमा तबरेज अहमद नियुक्त

वीरगञ्ज ।  राष्ट्रिय भूमि आयोग जिल्ला कार्यसमिति पर्साको अध्यक्षमा तबरेज अहमद नियुक्त भएका छन् ।

नेपाल सरकारको भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव रामप्रसाद थपलियाद्वारा हस्ताक्षरीत नियुक्ति पत्रमार्फत अहमदलाई अध्यक्षमा नियुक्ति गरिएको हो ।

बिहिवार बसेको नेपाल सरकारको मन्त्रिपरिषद्को बैठकले गरेको निर्णयबमोजिम राष्ट्रिय भूमि आयोग गठन आदेश २०७८ को दफा ८ को उपदफा १ को खण्ड (क) बमोजिम अहमदलाई अध्यक्षमा नियुक्त गरिएको सचिव थपलियाद्वारा हस्ताक्षरित नियुक्ति पत्रमा उल्लेख छ ।

भूमि सम्बन्धी समस्या समाधानका लागि आफु नेतृत्वको समितिले सक्रिय भूमिका निर्वाह गर्ने अहमदले बताए । अध्यक्षमा निर्वाचित भएसँगै बिहिवार नै अहमदले सपत ग्रहणसमेत गरेका छन् । राष्ट्रिय भूमि आयोगका अध्यक्ष केशब निरौलाले सपत ग्रहण गराएका हुन् ।

जनता समाजवादी पार्टी (जसपा) नेपाल पर्साका सचिवसमेत रहेका अहमद अन्य विभिन्न सामाजिक संघसंस्थामा पनि आवद्ध छन् ।

Leave A Reply

Your email address will not be published.