Modern technology gives us many things.

भन्सार छलीका १ करोड २० लाख मूल्य बराबरको सामाग्रीसहित ट्रक प्रहरी नियन्त्रणमा

वीरगञ्ज । वीरगञ्जको घण्टाघरबाट जिल्ला प्रहरी कार्यालय पर्साले १ करोड २० लाख मूल्यबराबरको भन्सार छलीका सामानसहित ट्रक नियन्त्रणमा लिएको छ ।

प्रज्ञापन पत्र बिना हार्डवेयर तथा विभिन्न किसिमका लत्ता कपडाहरु लोड गरेर काठमाण्डौतर्फ जाँदै गरेको विशेष सूचनाका आधारमा खटिएको प्रहरीको टोलीले उक्त मूल्य बराबरको सामानसहित ट्रक नियन्त्रणमा लिएको हो ।

घण्टाघरस्थित सडकखण्डबाट ना।६ ख ६०३ नम्बरको मालवाहक ट्रक रोकेर चेकँजाच गर्दा भन्सार छलीका सामाग्री भएको खुलेपछि नियन्त्रणमा लिइएको पर्साका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।

खनालका अनुसार नियन्त्रीत सामान र ट्रकलाई १ करोड २० लाख मूल्यांकन गरी आवश्यक कारवाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको छ ।

Leave A Reply

Your email address will not be published.