Modern technology gives us many things.

चोरीएको ७ वटा मोटरसाइकल सहित चारजना चोर पक्राउ

वीरगञ्ज, १७ चैत । चोरीको ७ वटा मोटरसाइकलसहित पर्सा प्रहरीले मोटरसाइकल चोरहरुको ठूलो गिरोहलाई नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका(२५ निवासी २० वर्षीय आकाश कुमार पटेल, २८ वर्षीय दीपेन्द्र प्र। पटेल र वीरगञ्ज(२० निवासी २९ वर्षीय मनिर मियाँ अन्सारी रहेका छन् ।

गिरोहले मोटरसाइकल चोरेर नम्बर प्लेट परिवर्तन गरी चलाउने गरेको बुझिएको छ । अनुसन्धानका क्रममा गिरोहसँग रहेको थप ५ वटा मोटरसाइकलसमेत प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

पर्सा प्रहरीका प्रवक्ता डिएसपी ओमप्रकाश खनालका अनुसार चैत ४ गते वीरगञ्ज(२५ बाट चोरी भएको दिनेश प्रसाद राउतको ना।३४ प १९२८ नम्बरको कालो रंगको सुपर स्प्लेण्डर मोटरसाइकललाई खोज्दै जाँदा गिरोह नियन्त्रणमा आएको हो ।

चोरी गरिएको मोटरसाइकलको नम्बर प्लेट परिवर्तन गरेर ना २५ प १४६६ बनाई चलाउँदै गरेको अवस्थामा चैत १५ गते गिरोहलाई वीरगञ्ज(२० हरपतगञ्जबाट प्रहरीले नियन्त्रणमा लिएको डिएसपी खनालले बताए ।

उक्त स्थानबाट कागजपत्र नभएका थप ५ वटा मोटरसाइकलसमेत प्रहरीले फेला पारेको थियो । आवश्यक काजगपत्र नहुँदा फेला पारिएका मोटरसाइकलसमेत चोरीको हुनसक्ने आशंकामा प्रहरीले उक्त मोटरसाइकल पनि नियन्त्रणमा लिएको खनालको भनाई छ ।

पक्राउ परेका सबैमाथि चोरी सम्बन्धी कसूरमा अनुसन्धान अगाडी बढाइएको डिएसपी खनालले जानकारी दिए ।

त्यसैगरी चैत १२ गते वीरगञ्ज(२ स्थित सडकको छेउमा पार्किङ गरी राखिएको अवस्थामा चोरी भएको प्रदेश २(०३(०१८ प ००१८ नम्बरको २ सय सीसीको रातो कालो रंगको पल्सर मोटरसाइकल र चोरलाई पनि पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ ।

मोटरसाइकल चोरी गर्ने आरोपमा बारा जिल्लाको कोल्वी नगरपालिका (१ निवासी २३ वर्षीय अच्छेलाल चौधरी पक्राउ परेका छन् ।

डिएसपी खनालका अनुसार मोटरसाइकलको लक तोडी चोरी गरेर भाग्दै गरेको अवस्थामा चौधरीलाई प्रहरीले वीरगञ्ज(३ छप्कैया वीट अगाडिबाट नियन्त्रणमा लिएको थियो ।

चौधरीमाथि पनि चोरीसम्बन्धि कसूरमा अनुसन्धान अगाडि बढाईएको खनालले जानकारी दिए ।

Leave A Reply

Your email address will not be published.