Modern technology gives us many things.

चोरी गरिएको पर्समा रहेको चेकबाट २ लाख रुपैयाँ झिक्ने पक्राउ

वीरगञ्ज। पर्स चोरी गरेर त्यसमा रहेको खाली चेकमा रकम भरी बैंकबाट पैसा झिक्ने एकजनालाई पर्सा प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मकवानपुर जिल्लाको हेटौँडा उपमहानगरपालिका(१२ पदमपोखरी निवासी ३३ वर्षीय मनोज तामाङ रहेका छन् ।

आफ्नो भाईको विवाहमा सहभागी हुन गत फागुन २३ गते वीरगञ्ज आएका भक्तपुर जिल्लाको भक्तपुर नगरपालिका(८ निवासी ३४ वर्षीया सञ्जू महर्जनको तामाङले बसपार्क नजिकै पर्स चोरी गरेका थिए । महर्जनले पर्सा चोरी बारे प्रहरीलाई जानकारीसमेत गराएका थिए ।

पर्समा महर्जनले हस्ताक्षर गरेको हिमालयन बैंकको चेकमा तामाङले २ लाख रुपैयाँ रकम भरी पैसा झिकेर विभिन्न सामग्रीसमेत खरिद गरको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार रकमबाट तामाङले सुनको तिलहरी, दराज लगायतका सामान खरिद गरेका थिए भने बाँकी रहेको ४९ हजार रुपैयाँ आफ्नो जिजी बैंक खातामा समेत जम्मा गरेका थिए ।

तामाङलाई प्रहरीले शनिबार वीरगञ्ज(१५ बाट सामग्रीसहित नियन्त्रणमा लिएको पर्सा प्रहरीका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक ९डिएसपी० ओमप्रकाश खनालले जानकारी दिए । उनलाई नियन्त्रणमा चोरी सम्बन्धि कसूरमा अनुसन्धान अगाडि बढाइएको खनालले बताए ।

Leave A Reply

Your email address will not be published.