Modern technology gives us many things.

श्रोत नखुलेको ५५ लाख सहित महोत्तरीबाट दुईजना पक्राउ

महोत्तरी। महोत्तरी प्रहरीले श्रोत नखुलेको ५५ लाख रकमसहित दुई जनालाई पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय गौशाला र प्रहरी चौकि औरहीको संयुक्त टोलीले आइतबार औरही नगरपालिका वडा नम्बर १ बाट रकमसहित ती युवकलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा औरही नगरपालिका वडा नम्बर २ बस्ने २१ बर्षका धिरज कुमार यादव र १८ वर्षीय रमेश कुमार सहनी रहेको महोत्तरीका प्रहरी उपरिक्षक कृष्ण पंगेनीले जानकारी दिए ।

ज।९ प। ८२४७ नम्बरको मोटरसाईकलमा सबार उनीहरूलाई चेकजाँच गर्दा ५५ लाख बरामद भएको पंगेनीले बताए ।

धिरजले काँधमा भिरेको कालो रंगको कपडाको झोलाभित्र लुकाई छिपाई ल्याएको उक्त रकम बरामद भएको उनले बताए ।

पक्राउ परेका दुबैलाई रकम र मोटरसाइकलसहित आवश्यक कार्वाहीका लागि भन्सार कार्यालय पठाइएको प्रहरीले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.