Modern technology gives us many things.

पर्सामा ३ लाख ३९ हजार ८३६ मतदाता

वीरगञ्ज, १४ चैत । आगामी वैशाख ३० गते शुक्रबार हुने स्थानीय तह निर्वाचनका लागि पर्सा जिल्लामा ३ लाख ३९ हजार ८ सय ३६ मतदाता कायम भएको छ ।

निर्वाचन आयोगको आइतबार सार्वजनिक गरेको तथ्यांकका अनुसार पर्सा जिल्लाका १४ वटा स्थानीय तह मिलाएर १ लाख ९१ हजार ५ सय ३७ जना पुरुष, १ लाख ४८ हजार २ सय ८३ जना महिला र १६ जना अन्य गरेर ३ लाख ३९ हजार ८ सय ३६ जना मतदाता कायम भएका छन् ।

गत स्थानीय तहको निर्वाचनमा मतदाताको संख्या २ लाख ८० हजार २ सय १२ थियो । यस पटक यो संख्या ५९ हजार ६ सय २४ ले बढेको हो ।

जिल्लाको १४ वटा स्थानीय तहमध्ये सबैभन्दा बढी मतदाता सदरमुकाम वीरगञ्ज महानगरपालिकामा १ लाख २४ हजार ६ सय ४७ जना रहेका छन् । गत स्थानीय तहको निर्वाचनभन्दा वीरगञ्जमा १५ हजार ८ सय ४६ जना मतदाता बढेका छन् । पर्सामा सबैभन्दा कम मतदाता भएको संख्या धोविनी गाउँपालिका रहेको छ । धोविनीमा केवल १२ हजार २ सय ३६ जना मतदाता रहेका छन् ।

तयस्तै ३ वटा नगरपालिकामध्ये सबैभन्दा धेरै बहुदरमाई नगरपालिकामा २४ हजार ३ सय १३, पर्सागढी नगरपालिकामा २२ हजार ८ सय ७ र पोखरिया नगरपालिकामा १९ हजार ६ सय ६४ मतदाता रहेका छन् ।

गाउँपालिकामध्ये सबैभन्दा धेरै सखुवापर्सौनी गाउँपालिकामा १९ हजार ७ सय ६३, छिपहरमाई गाउँपालिकामा १५ हजार ६ सय ६४, जगरनाथपुर गाउँपालिकामा १८ हजार ६१, पकाहमैनपुर गाउँपालिकामा १२ हजार ३ सय १४, विन्दवासिनी गाउँपालिकामा १४ हजार ८ सय ४, कालिकामाई गाउँपालिकामा १२ हजार ९ सय ७५, जिराभवानी गाउँपालिकामा १३ हजार ९ सय २९, ठोरी गाउँपालिकामा १४ हजार ७ सय ८ र पटेर्वासुगौली गाउँपालिकामा १३ हजार ९ सय २० जना मतदाता रहेका छन् ।

स्थानीय तह निर्वाचनका लागि पर्सामा १ सय ६७ मतदान स्थल संख्या र ४ सय ४ वटा मतदान केन्द्र कायम गरिएको आयोगको तथ्यांकले देखाएको छ ।

Leave A Reply

Your email address will not be published.