Modern technology gives us many things.

सिराहा शसस्त्र प्रहरीले सिमाक्षेत्रबाट पछयाउदै समायो ११ लाख सहित हुण्डी कारोबारी

सिराहा । ११ लाख रुपैयाँ सहित सशस्त्र प्रहरीले एक जना हुण्डी कारोबारीलाई सिराहाबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिरहाको भगवानपुर गाँउपालिका ४ जमुवाटोल बस्ने वर्ष ४४ को दिलिप कुमार साह रहेको रहेका छन ।

सशस्त्र प्रहरी बल नेपाल नं २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरी वर्दिवास र सशस्त्र प्रहरी बल नेपाल नं ७ गण हे।क्वा।सिरहाको संयुक्त सशस्त्र प्रहरीको टोलीले बिशेष सुचनाको आधारमा स्रोत नखुलेको ११ लाख तिन हजार पचास रुपैया नगद सहित साहलाई पक्राउ गरेको हो ।

भारतबाट नेपाल आउने क्रम्मा साहलाई सशस्त्र प्रहरीको टोलीले भगवानपुरबाट पछयाउदै सिराहाको लहान नगरपालिका वडा नं १ मटिर्यवाबाट पक्राउ गरिएको सशस्त्र प्रहरी बल नेपाल नं ७ गण हे।क्वा। सिराहाका प्रमुख गणपति सशस्त्र प्रहरी उपरिक्षक रमेश कुमार थापाले जानकारी दिए ।

साहको साथबाट १ हजार दरको नोट ८ सय ३ ओटा, ५ सय दरको ४ सय ओटा, १ सय दरको ९ सय ९९ ओटा र ५० दरको ३ ओटा गरि ११ लाख तिन हजार ५० रुपैया बरामद गरिएको छ ।

साहलाई नगद सहित थप आवश्यक कार्यवाहीका लागि माडर भन्सार कार्यालयमा बुझाईएको शसस्त्र प्रहरी उपरिक्षक थापाले जानकारी दिए ।

Leave A Reply

Your email address will not be published.