शसस्त्र प्रहरी द्वारा ३ किलो अफिम सहित एक महिला पक्राउ
वीरगंज। शसस्त्र प्रहरीले तिन किल्लो अफिम सहित वीरगञ्जबाट एकजना महिलालाई पक्राउ गरेको छ ।
शसस्त्र प्रहरी बल १३ नं गण पर्साबाट खटिएको डिउटी टोलीले एक महिलालाई ३ किलो अफिम सहित नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा बारा जिल्ला जितपुर सिमरा उपमहानगरपालिका वडा नं ७ बस्ने सुरेश रामकी श्रीमती वर्ष ४० को रिना देवी रहेको शसस्त्र प्रहरीले जनाएको छ ।
शसस्त्र प्रहरीको टोलीले नेपालबाट भारततर्फ गईरहेको रिनालाई वीरगंज महानगरपालिका वडा नं १७ भेडियाही आसपासबाट ६ ओटा पोकामा रहेको ५०० ग्रामका दरले ३ किलो अफिम सहित नियन्त्रणमा लिएको शसस्त्र प्रहरीले जनाएको छ ।
अफिम सहित पक्राउ परेकी महिलालाई आवश्यक कार्यवाहीका लागी जिल्ला प्रहरी कार्यालय पर्सामा पठाइएको शसस्त्र प्रहरीले जनाएको छ ।