Modern technology gives us many things.

भारत तर्फ तस्करी गर्न लागिएको २ वटा हात्तीसहित ३ जना पक्राउ

वीरगञ्ज । भारत तर्फ तस्करी गर्न लागिएको २ वटा हात्तीसहित ३ जनालाई पर्सा प्रहरीले पक्राउ गरेको छ ।

दुई वटा हात्तीलाई भारत तर्फ तस्करी गरेर लाग्न खोजिरहेको अवस्थामा शनिबार दिउँसो उनीहरुलाई नियन्त्रणमा लिइएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार विशेष सूचनाका आधारमा नेपालबाट भारत तर्फ हात्ती लागिरहेको अवस्थामा तस्करहरुलाई पकाहमैनपुर(५ पोखरिया टोलबाट इलाका प्रहरी कार्यालय पोखरियाको टोलीले नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा चितवन जिल्लाको भरतपुर महानगरपालिका(१८ ज्तिपुर निवासी ६० वर्षीय बदिराम महतो ९माउते०, ४० वर्षीय राजु कुमाल ९माउते० र पकहामैनपुर(५ सबैठवा निवासी ३५ वर्षीय सफरोज आलम रहेका छन् ।

महतोद्वयले चितवनबाट तस्करी गरेर ल्याएको हात्ती आलमले खरिद गरेर भारत तर्फ तस्करी गर्ने गरेको अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डिएसपी ओमप्रकाश खनालले जानकारी दिए । तस्करहरुको गिरोहमाथि प्रहरीले विगत १ वर्षदेखि निगरानी गरिहेको डिएसपी खनालको भनाई छ ।

नेपालबाट भारत तर्फ हात्तीलाई विशेषगरी विवाह र धार्मिक तथा संस्कृति कार्यक्रमका लागि तरकारी गर्ने गरिएको स्रोतको दावी छ । स्रोतका अनुसार नेपालबाट हात्ती तस्करी गरिएको यो पहिलो घटना होइन ।

यसअघि पनि तस्करहरुको समूहले हात्तीलगायत विभिन्न जङ्गली जनावर पर्साको ग्रामिण नाका प्रयोग गरेर तस्करी गर्दै आएका छन् ।

प्रहरीले नियन्त्रणमा लिएका तस्कर र हात्तीलाई आवश्यक कारवाहीका लागि पर्सा राष्ट्रिय निकुञ्जमा बुझाउने तयारी गरिरहेको खनालले बताए ।

Leave A Reply

Your email address will not be published.