Modern technology gives us many things.

अनेरास्ववियु वीरगञ्ज महानगर कमिटीको अध्यक्षमा आशिफ अहमद चयन

वीरगन्ज । नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) वीरगञ्ज महानगर कमिटीको अध्यक्ष आशिफ अहमद चयन भएका छन् ।

वीरगञ्जमा मुर्लीमा सम्पन्न अनेरास्ववियुको वीरगञ्ज महानगर सम्मेलनले अहमदलाई अध्यक्षमा चयन गरेको हो ।

अहमदको अध्यक्ष्तामा निर्वाचित ५१ सदस्यीय महानगर कमिटिको उपाध्यक्षमा तुफैर अन्सारी, सचिवमा भक्ति अग्रवाल, सहसचिवमा मुसरफ अंसारी, महिला सहसचिवमा सोनी सर्राफ रहेका छन् । सदस्यहरुमा विवेक साह, सहिम अंसारी, कृष्णा मुरारी यादव, रन्जन मण्डल, साहिल अन्सारी, सुस्मिता चौधरी, सृजना चौधरी लगायत रहेका छन् ।

सम्मेलनले वीरगञ्ज महानगरपालिकाको इन्चार्जमा जेयाद अन्सारी र सहईन्चार्जको जिम्मेवारी सुजित मण्डललाई दिइएको छ । सम्मेलनलाई सम्बोधन गर्दै नेकपा एमालेका केन्द्रिय सदस्य अरविन्द सिँहले जनवादी, प्रगतिशिल विचार बुझ्ने विद्यार्थीलाई मात्र अनेरास्ववियुमा आवद्ध गराउने बताए । समाजको विकृति, विसंगतीविरुद्ध लाग्नेले मात्र अनेरास्ववियुको झण्डा मुनि रहन सक्ने सिँहको भनाई छ ।

अनेरास्ववियु पर्साका संयोजक रेयाज अंसारीको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमालेका मधेश प्रदेश कमिटि सदस्य बसरुदिन अंसारी, शम्भु गुप्ता, नेकपा जिल्ला कमिटिका उपाध्यक्ष डा. विश्म्भर शर्मा, नेकपा एमाले वीरगञ्ज महानगरपालिका कमिटिका उपाध्यक्ष एवं केन्द्रिय प्रचार तथा प्रकाशन विभागका सदस्य महेश दास, नेकपा एमालेका नेता एवं वीरगन्ज महानगरपालिकाका मेयर विजय कुमार सरावगी, नेपाल खेलकुद महासंघका उपमहासचिव शिवजी गुप्ता , केन्द्रिय सचिव रामकिशोर सिंह (पराग)  लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रमको सहजीकरण प्रेस चौतारी नेपालका सदस्य तिवारी यादवले गरेका थिए ।

Leave A Reply

Your email address will not be published.