Modern technology gives us many things.

राजेशमान सिंह जसपामा प्रवेश

वीरगञ्ज । एमालेमा प्रवेश गरी मेयरमा लड्ने लगभग पक्कापक्की भैसकेको बेला अचानक वीरगञ्जका मेयर विजय कुमार सरावगी एमालेमा प्रवेशका कारण वीरगंजका लोसपाका नेता राजेशमान सिंह लगायत सयौं कार्यकर्ता जनता समाजवादी पार्टी प्रवेश गरेका छन् ।

जसपा प्रवेशसंगै उनको मेयरको टिकट पक्का भएको छ ।

वीरगञ्जको टाउन हलमा सोमबार आयोजित पार्टी प्रवेश कार्यक्रममा जसपाका अध्यक्ष उपेन्द्र यादव, बाबुराम भट्टराई, मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतलगायतले माला लगाएर सिंहलाई पार्टी प्रवेश गराएका छन् ।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै सांसद प्रदीप यादवले मधेश आन्दोलनका सहकर्मी योद्धा राजेशमान र आफू केही कारणबस अलग अलग धारमा विभाजित हुन परेको तर हाल आएर राजेशमानले जसपा प्रवेश गर्दा आउने चुनावमा मेयर पदमा आफ्नो पार्टीको जित पक्का रहेको बताए ।

एमालेमा प्रवेश गरेका मेयर विजय सरावगीले वडाध्यक्ष पदका लागि ३० लाखसम्म बाँड्दै गरेको आरोप लगाए ।

यता राजेशमान सिंहको जसपा प्रवेशसँगै वीरगञ्जमा मेयर पदका लागि प्रतिस्पर्धा रोचक हुने भएको छ ।

Leave A Reply

Your email address will not be published.