Modern technology gives us many things.

स्थानीय तह निर्वाचनका लागि म्यादी प्रहरीमा भर्ना हुन पर्सामा आवेदन दिनेको भिड

वीरगञ्ज, ६ चैत । स्थानीय तह निर्वाचनका लागि म्यादी प्रहरीमा भर्ना खुलेसँगै पर्सा जिल्लाको सदरमुकाम वीरगञ्जमा आवेदन दिन आउनेहरुको भिड लागेको छ ।

नेपाल प्रहरीको मानवस्रोत एवम् प्रशासन विभाग भर्ना छनोट महाशाखाले सूचना जारी गर्दै म्यादी प्रहरी भर्नाका लागि आजदेखि आवेदन भर्न आह्वान गरेको छ ।

एक महानगरपालिका, तिन नगरपालिका र दश वटा गाउन्पालिका रहेको मधेश प्रदेशको मूख्य व्यापारिक जिल्ला पर्सामा १ हजार ८ सय १ जना म्यादी प्रहरी भर्ना गरिने सूचना आह्वान गरिएको छ ।

२०७९ बैशाख ३० गते हुनलागेको स्थानीय तहको निर्वाचनमा नेपाल प्रहरीको सहयोगीका रूपमा जवानसरह सुविधासहित ४० दिन कार्यावधि तोकेर प्रहरी प्रधान कार्यालयले आइतबारबाट देशभर एकसाथ म्यादी प्रहरीको भर्नाका लागि आवेदन खुलाएको छ ।

सरकारले स्थानीय तह निर्वाचन सुरक्षार्थ मधेश प्रदेशमा सबैभन्दा बढी म्यादी प्रहरी खटाउने भएको छ । मधेश ८ जिल्लामा २१ हजार ६ सय ९८ जना भर्ना गर्न लागिएको जनाइएको छ ।

मधेशमा सबैभन्दा बढी धनुषामा ३ हजार ४ सय ८६ र सबैभन्दा कम पर्सामा १ हजार ८ सय १ जना भर्ना गरिनेछ । पर्साबाहेक बाँकी प्रत्येक जिल्लामा दुई हजारभन्दा माथि म्यादी खटिनेछन् ।

Leave A Reply

Your email address will not be published.