Modern technology gives us many things.

मोटरसाइकल चोरेर भाग्दै गरेका एकजना युवक पक्राउ

वीरगञ्ज, ६ चैत । मोटरसाइकल चोरेर भाग्दै गरेका एकजना युवकलाई पर्सा प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बीरगञ्ज महानगरपालिका(१४ निवासी २३ वर्षीय सुमन पटेल रहेका छन् ।

तराई(मधेशको होली पर्वका दिन पटेलले वीरगञ्ज-१६ नगवास्थित नेजामुल हक अन्सारीको घरमा पार्किङ्ग गरेर राखिएको ना ५५ प ४९८६ नम्बरको १५० सिसीको पल्सर मोटरसाइकल चोरी गरेका थिए ।

पटेलले सिर्सिया ड्राईपोर्ट भित्र पुरानो कन्टेनरमा मोटरसाइकल लुकाएर राखेको फेला पारिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

प्रहरीले पटेललाई नियन्त्रणमा लिएर उनिमाथि चोरीसम्बन्धि मुद्दा दर्ता गर्दै अनुसन्धान अगाडी बढाएको छ ।

Leave A Reply

Your email address will not be published.