Modern technology gives us many things.

सांसद यादवद्वारा विद्यालय भवन तथा ढलान सडकको शिलान्यास

वीरगञ्ज, ३ चैत । पर्सा क्षेत्र नम्बर १ का प्रतिनीधि सभा सदस्य (सांसद) प्रदिप यादवले भौतिक विकासका दृष्टिकोणले पछाडी परेको मधेश प्रदेशले विकास र सडकको क्षेत्रमा फड्को मारेको दावी गरेका छन् ।

वीरगञ्ज महानगरपालिका वडा नम्बर १८ भवानीपुरमा श्री नेपाल राष्ट्रिय माद्यामिक विदालयको भवन निर्माण र ५ सय मिटर ढलान सडकको शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै सांसद यादवले सो कुरा बताएका हुन् ।

प्रदेश सरकारको बिकास योजनाअन्र्तगत निर्माण हुने विद्यालय भवन निर्माणले ग्रामिण क्षेत्रका विद्यार्थीहरुलाई सहज रुपमा अध्ययन गर्न सघाउ पुग्ने सांसद यादवको विश्वास छ ।

सो भवनबाट प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा १५ सय भन्दा बढी विद्यार्थी लाभान्वित हुने यादवले बताए ।

सोही अवसरमा वर्षाैदेखि सास्ती खेपिरहेका टोलबासीलाई मध्यनजर गर्दै सांसद यादवले ढलान सडकको पनि शिलान्यास गरेका छन् ।

हिलो, धुलो, खाल्डो लगायतका समस्याहरुका कारण सास्ती खेप्दै आएका बासिन्दाहरुले अब ढलान सडकबाट आवतजावत गर्न सक्ने उनले बताए ।

मधेश प्रदेशका प्रदेश सभा सदस्य जन्नत अन्सारीको विकास कोषबाट ३५ लाखको लागतमा निर्माण हुने ढलान सडकको शिलान्यास गर्दै जनता समाजवादी पार्टी (जसपा)का केन्द्रिय सदस्यसमेत रहेका यादवले मधेश र मधेशी समुदायको विकासका लागि जसपा बाहेक अरु कुनै विकल्प हुन नसक्ने दावी पनि गरे ।

प्रदेश सभा सदस्य जन्नत अन्सारीले पनि विकास निर्माणका कामहरुमा हातेमालो गर्दै अघि बढ्नुपर्नेमा जोड दिएका छन् ।

Leave A Reply

Your email address will not be published.