Modern technology gives us many things.

पुर्व प्रधानमन्त्री के पी ओली चैत्र ८ गते बीरगन्ज आउने

सन्देश सभा तथा बृहत् पार्टी प्रवेश कार्यक्रममा सहभागि हुने

बीरगन्ज । नेकपा एमाले को अध्यक्ष के पी ओली चैत्र ८ गते बीरगन्ज आउनु हुने भएको नेकपा एमाले बीरगन्ज महानगर कमिटी ले जनाएको छ ।

नेकपा एमाले बीरगन्ज महानगर कमिटी को आयोजना मा हुने सन्देश सभा तथा बृहत् पार्टी प्रवेश कार्यक्रम मा प्रमुख अतिथि को रुपमा अध्यक्ष एवम् पुर्व प्रधानमन्त्री के पी ओली चैत्र ८ गते बीरगन्ज आउने तय भएको उपाध्यक्ष महेश दास ले जानकारी दिनु भएको छ ।

लोसपा का नेता राजेश मान सिंह , निर्वाचित वार्ड अध्यक्षहरु सहित लोसपा, जसपा, माओवादी, काग्रेस परित्याग गरी करीव ५ हजार व्यक्ति नेकपा एमाले मा प्रवेश गर्ने दास ले बताउनु भयो ।

चैत्र ८ गते घण्टाघर को वि पी उधान मा दिउसो बृहत् पार्टी प्रवेश कार्यक्रम हुने त्यस अघि सिमरा बाट बीरगन्ज मोटरसाइकल -र्याली हुने तयारी भैरहेको सचिव सुन्दर कुर्मी ले जानकारी दिनु भएको छ ।

सन्देश सभा तथा पार्टी प्रवेश कार्यक्रम को तयारी को लागि महानगर कमिटीको बैठक मंगलबार सम्पन्न भएको छ ।

बैठक मा केन्द्रीय सदस्यहरु प्रभु हजरा, निर्मला देवकोटा, राज कुमार गुप्ता, अरवीन्द सिंह प्रदेश कमिटी सदस्यहरु विशम्भर शर्मा, वेचारी यादव, वसरुदिन अन्सारी, नवराज शर्मा, विणा शर्मा , शम्भु गुप्ता, उसमान अन्सारी ले चैत्र ८ गते जनसहभागिता व्यपक बनाउन जोड दिएका थिए ।

बैठक ले चैत्र ९ गते को तयारी को लागि विभिन्न ९ वटा समितिहरु गठन गरीएको उप सचिव अनवर अली ले बताउनु भएको छ ।

बैठक महानगर का अध्यक्ष राजेन्द्र यादव को अध्यक्षता मा भएको थियो ।

Leave A Reply

Your email address will not be published.